जोडिनुहोस
  • होमपेज
  • एन्फा यू–१८ युथ लिग असार ३० देखि

एन्फा यू–१८ युथ लिग असार ३० देखि

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । सहभागी टिमबीच डबल राउन्ड रोबिनका आधारमा खेलहरू खेलाइने एन्फाले जनाएको छ ।

क्लबहरूसँगको पटक–पटक छलफलपछि प्रतियोगिताको मिति तय गरिएको एन्फाले जनाएको छ । प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिनेछन् ।

धेरै टिप्पणी गरिएका