
काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।