जोडिनुहोस
  • होमपेज
  • कांग्रेससँगको सहमतिबारे ओलीले सचिवालयमा ब्रिफिङ गर्ने

कांग्रेससँगको सहमतिबारे ओलीले सचिवालयमा ब्रिफिङ गर्ने

काठमाडौँ । नेपाली कांग्रेससँगको सत्ता समीकरणका लागि भएको सहमतिबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा ब्रिफिङ गर्ने भएका छन् ।

त्यसका लागि अध्यक्ष ओलीले दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको सचिव रघुवीर महासेठले जानकारी दिए । महासेठले भने, ‘दिउँसो ३ बजे सचिवालय बैठक छ । त्यो बैठकमा अध्यक्षज्यूले के ब्रिफिङ गर्नुहुन्छ सोही अनुसार अघि बढ्छौ’, महासेठको भनाइ छ ।

उनले सचिवालय बैठकअघि मन्त्रीहरूले राजीनामा नदिने समेत बताए । सचिवालय बैठक बस्ने स्थान भने तय नभइसकेको नेताहरूले बताएका छन् ।

‘अहिले नै राजीनामा दिने कुरा छैन । सचिवालय बैठकपछि के गर्ने भन्ने निर्णय हुन्छ’, महासेठले रातोपाटीसँग भने, ‘अध्यक्ष तथा संसदीय दलको नेताबाट जे निर्देशन हुन्छ त्यही गर्छौ ।’ नेकपा एमालेमा कांग्रेससँग भएको सहमतिबारे पार्टी अध्यक्ष र महासचिव शंकर पोखरेलबाहेकका नेताहरूलाई अहिलेसम्म औपचारिक जानकारी नदिएको बुझिएको छ ।

ओली र पोखरेल बाहेकका नेताहरू छापामार शैलीमा कांग्रेससँग भएको सहमतिबारे अनविज्ञ रहेका छन् । उनीहरू के गर्ने र कसो गर्ने भन्ने अझै पनि अन्योलमा रहेका छन् ।

धेरै टिप्पणी गरिएका