जोडिनुहोस
  • होमपेज
  • एमाले र कांग्रेस मिल्नु लोकतन्त्रका निम्ति खतरा : जगन्नाथ खतिवडा

एमाले र कांग्रेस मिल्नु लोकतन्त्रका निम्ति खतरा : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि खतिवडाले त्यस्तो बताएका हुन् ।

“संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम हो,” उनले भने ।

काठमाडौंको प्रज्ञा भवनमा जारी पार्टीको महाधिवेशनमा खतिवडाले दुई ठूला दल मिल्नु खतराको कुरा भएको बताए । “नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ । सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन । यो अधिकार अमुख दललाई छैन,” उनले भने ।

धेरै टिप्पणी गरिएका