जोडिनुहोस
  • होमपेज
  • गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा

गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको उल्लेख गरे ।

गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे । आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र उनैको सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए ।

“गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो । त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो,” उनले भने ।

गिरिजालाई प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रूपमा चित्रण गरे ।

धेरै टिप्पणी गरिएका