जोडिनुहोस
  • होमपेज
  • कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा

कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा पुगेका हुन् ।

उरुग्वेले आफ्नो समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औँ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि उरुग्वेले समूह चरणका तिनै खेल जितेर समूह ‘सी’ मा शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ ।यस्तै, आज भएको समूह ‘सी’ को अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले पराजित गरेको थियो ।

यो जितपछि पानामा ३ खेलबाट दुई जितसहित ६ अंक हासिल गर्दै समूह ‘सी’ मा दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको हो । योसँगै समूह ‘सी’ बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब क्वार्टरफाइनलमा उरुग्वेले समूह ‘डी’ को उपविजेता र पानामाले विजेतासँग खेल्ने छन् ।

धेरै टिप्पणी गरिएका