जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा

प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मंगलबार प्रधानमन्त्री कार्यालय पुगेका हुन् । गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका हुन् । त्यसअघि उनले पार्टीका केही नेतासँग गृह मन्त्रालयमा छलफल गरेका थिए ।

यसअघि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

धेरै टिप्पणी गरिएका