
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा सडक एकतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकखण्ड अन्तर्गत जलविरेमा ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाइएको छ ।