
काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन् । पुगेका छन् ।
आज बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा कोलम्बिया र ब्राजिलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेसँगै दुवै टोली क्वार्टरफाइनलमा पुगेका हुन् ।
ब्राजिलका राफिन्हो र कोलम्बियाका डानियल मुन्जोले एक–एक गोल गरेका थिए । खेलको १२औँ मिनेटमा ब्राजिलका राफिन्होले सुरुवाती गोल गर्दा कोलम्बियाका मुन्जोले ४५औँ मिनेटमा गोल फर्काएका थिए । यो बराबरीसँगै समूह ‘डी’ मा कोलम्बिया ७ अंकसहित शीर्षस्थानमा रहेर तथा ५ अंकसहित दोस्रो स्थानमा रहँदै ब्राजिल क्वार्टर फाइनलमा पुगेको हो ।
समूह ‘डी’ का कोस्टारिका र पाराग्वे समूहचरणबाटै बाहिरिएका छन् । अब क्वार्टरफाइलनमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको सामना गर्नेछ ।