जोडिनुहोस
  • होमपेज
  • ‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि चलाइरहेको नरसंहारमा कम्तिमा ३७ हजार ९२५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् ।

आइओएफले गाजा पट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले विज्ञप्ति जारी गरी जानकाी दिएको हो ।

इजरायली आक्रमणको २७०औँ दिनमा गाजा पट्टीमा चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको जनाइएको छ ।

गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ ।

धेरै टिप्पणी गरिएका