जोडिनुहोस
  • होमपेज
  • एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने सम्भावना छ : विश्वप्रकाश

एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने सम्भावना छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार महिनामा सरकार बदलिने कुरा सुखद् नभएको बताएका छन् । बुधबार बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा सञ्चारकर्मीसँग उनले ठूला दल मिलेर स्थिरता दिन सकुन भन्ने आमनागरिकको अपेक्षा भएको बताए ।

“राजनीतिमा कुनै पनि कुरा असहज हुँदैन । सरकार चार महिनामा बदलिने कुरा निश्चय नै राम्रो होइन । यो परिस्थितिको माग भयो,” उनले भने, “आमनागरिकमा पनि दुई ठूला दल मिलेर स्थिरता दिन सकुन, बिग्रिएको अर्थतन्त्रको सामना गरुन भन्ने अपेक्षा छ ।”

त्यही अपेक्षाअनुसार अघि बढेको उनले बताए । उनले चुनौती रहेको भन्दै संविधान संशोधन गर्न कांग्रेस–एमालेको संख्याले मात्र नपुग्ने बताए ।

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको उनको भनाइ छ । उनले आज नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताए ।

शर्माले दुई ठूला दलको सरकार बन्दा भ्रष्टाचारका फाइल बन्द नहुने दाबी गरे । “भ्रष्टाचारको फाइल बन्द गर्ने कुरा होइन । कुनै फाइलमा पूर्वाग्रह राख्नुहुुँदैन,” उनले भने, “केही प्रक्रियामा भएका फाइल खुल्छन् । बाँकी रहेका फाइल पनि खुल्छन् ।”

धेरै टिप्पणी गरिएका