जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बाँके । नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धेरै टिप्पणी गरिएका