जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा गएकाले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिन पाउने

वैदेशिक रोजगारीमा गएकाले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिन पाउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले जारी गरेको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले असार २७ देखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणमा ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेकाले आवेदकले प्रतिकित्ता ५० कित्तादेखि २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ४१ हजार ४० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

कम्पनीको आईपीओ भर्न रेमिट्यान्स खाता भएको हुनुपर्नेछ । उक्त खाता मेरो सेयर सफ्टवेयरमा जोडी उक्त आवेदन भर्न सकिनेछ । सेयर निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी भन्ने बुझाउँछ ।

धेरै टिप्पणी गरिएका