जोडिनुहोस
  • होमपेज
  • संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न परियारको माग

संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न परियारको माग

काठमाडौं । राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै संसद् परियारले सरकारसँग यस्तो माग गरेका हुन् । उनले संसद्को गतिविधिबाट नेपालका हजारौँ बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल संसद्‌मा भएका गतिविधिलाई सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरे ।

बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार सांकेतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरेका हुन् । संघीय संसद्‌मा भएका सबै काम कारबाहीहरूबाट बहिरा समुदायहरू विमुख भएको उल्लेख गरे । बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले संसद्‌मा भएका गतिविधि थाहा पाउनुपर्ने उल्लेख गरे ।

“नेपालमा हजारौँ बहीरा समुदायहरू बसोवास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको सांकेतिक भाषा हो । संघीय संसद्‌मा भएका सबै काम कारबाहीहरूबाट नेपाली बहिरा समुदायहरू विमुख हुनुहुन्छ । संसद्को प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा हुने गरेको छैन । नीति निर्माण गर्ने थलो संसद्‌मा भएका गतिविधिबाट बाहिर छन् । त्यसले गर्दा संसद्‌मा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु,” उनले भने ।

परियारले प्रतिनिधिसभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रियसभामा छलफल गर्नुको कुनै उपादेयता नभएको स्पष्ट पारे ।

धेरै टिप्पणी गरिएका