जोडिनुहोस
  • होमपेज
  • ‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’

‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’

काठमाडौँ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताएका छन् ।

सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उनीहरूले कृषि क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई उकास्न सकिने धारणा राखे ।

सांसद वामदेव गौतमले कृषिको व्यावसायिकीकरणबाट नै मुलुकमा व्याप्त बेरोजगारीको समस्या समाधान गर्न सकिने बताए । नेपालको कृषि भूमि राष्ट्रियकरण गरी सो जग्गामा जडीबुटी, फलफूल, तरकारी तथा पशुपालन व्यवसाय सञ्चालन गर्न सुझाव दिँदै उहाँले अन्तर्राष्ट्रिय तथा घरेलु व्यापारबाट मनग्य आम्दानी गर्न सकिने धारणा राखे । किसानका उत्पादन बिक्रीको सुनिश्चितताका साथै प्रत्येक पालिकाको केन्द्रमा अत्याधुनिक बजार विकास गर्न बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए ।

सांसद झक्कुप्रसाद सुवेदीले कृषि र सिँचाइलाई एक ठाउँमा राखेर मन्त्रालयको पुनःसंरचना गरिनुपर्नेमा जोड दिए । आगामी दशकलाई कृषि दशक घोषणा गरिनु यस क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गर्दै उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणबाट मात्रै उत्पादन वृद्धि गर्न सकिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका