जोडिनुहोस
  • होमपेज
  • कोपा अमेरिकाको क्वार्टर र सेमिफाइनलमा अतिरिक्त समय नहुने

कोपा अमेरिकाको क्वार्टर र सेमिफाइनलमा अतिरिक्त समय नहुने

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका–२०२४ अन्तर्गत क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरूमा अतिरिक्त समय नथपिने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुँदै छ ।

नकआउट चरणका खेलअघि आयोजकले निर्धारित ९० मिनेटको समय नतिजा बराबर भए अतिरिक्त समयमा नगई सोझै पेनाल्टी सुटआउटबाट नतिजाको निर्णय हुने जनाएको हो । आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले फाइनलमा भने अतिरिक्त समय हुने खुलाएको छ ।

प्रतियोगिताको फाइनल खेल जुलाई १४ हुने तालिका छ । प्रतियोगिताको क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना, क्यानडा, इक्वेडर, भेनेजुयला, ब्राजिल, कोलम्बिया, पानामा र उरुग्वेले प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलको पहिलो खेलमा शुक्रबार बिहान नेपाली समयानुसार ६ः४५ बजेदेखि साविक विजेता अर्जेन्टिनाले इक्वेडरविरुद्ध खेल्ने तालिका छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका