जोडिनुहोस
  • होमपेज
  • बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव, को बन्ला नयाँ प्रधानमन्त्री ?

बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव, को बन्ला नयाँ प्रधानमन्त्री ?

लन्डन । सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ । आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा लाखौं मतदाताले मतदान गर्नेछन् ।

स्थानीय विद्यालय, सामुदायिक हललगायत भवनमा मतदान केन्द्र बनाइएको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म चल्नेछ । बेलायतमा चुनावबारे भएका सबै जनमत सर्वेक्षणमा लेबर पार्टीका उम्मेदवार कीर स्टार्मरले जित्ने देखाएको थियो । चुनावमा वर्तमान प्रधानमन्त्री तथा कन्जर्भेटिभ दलका उम्मेदवार ऋषि सुनकले निकै सशक्त प्रचार गरेको बताइए पनि त्यसबाट खासै फाइदा नहुने देखिएको छ ।

४ करोड ६० लाख मतदाताले हाउस अफ कमन्सका ६५० जना सदस्यहरू चयन गर्न भोट दिनेछन् । प्रत्येक सिटको चुनावी नतिजा बिहीबार राति वा बढीमा शुक्रबार बिहानसम्म घोषणा हुनेछ । बेलायतमा सरकार बनाउन कुनै पनि दलले ३२६ सिट ल्याउनुपर्छ । प्रधानमन्त्री ऋषि सुनकले मे महिनामा निर्वाचन घोषणा गरेका थिए । बेलायतमा हालैको सीमाङ्कनपछि निर्वाचन क्षेत्रको सिमाना परिवर्तन भएका छन् ।

अहिले बेलायतमा निर्वाचन क्षेत्र १० ले बढेर सिट ५ सय ४३ पुगेको छ । सीमाङ्कनपछिको यो पहिलो निर्वाचन हो । वेल्समा सिट सङ्ख्या ८ ले घटेर ३२ मा झरेको छ । स्कटल्याण्डमा पनि सिटको सङ्ख्या ५९ बाट ५७ सिटमा झरेको छ । उत्तरी आयरल्यान्डमा सिट सङ्ख्या १८ वटा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका