जोडिनुहोस
  • होमपेज
  • एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो दीर्घकालीन निर्णय नगर्नु’

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो दीर्घकालीन निर्णय नगर्नु’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न भनेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरेर अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नभएको पनि एकालेको भनाइ छ ।

पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’

सरकारमा रहेका ८ जना मन्त्रीले बुधबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । बिहान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई भेटेर छिटो राजीनामा दिन भनिसकेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका