जोडिनुहोस
  • होमपेज
  • १५ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

१५ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १५.४६ अंकले बढेको छ । परिसूचक ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको छ ।

यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विकास बैंक समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ ।१३ उपसमूहमध्ये दुईवटाको परिसूचक घटेको छ । आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका