जोडिनुहोस
  • होमपेज
  • मुकुल ढकालको निष्कर्ष– रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो

मुकुल ढकालको निष्कर्ष– रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा पार्टी नभएर गैरसरकारी संस्था (एनजीओ)जस्तो बनेको निष्कर्ष निकालेका छन् ।

बिहीबार रास्वपाले सार्वजनिक गरेको ढकालको प्रतिवेदनमा पार्टीमा राजनीतिक संस्कार र बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख छ । “राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता कहीँ जानेमा द्विविधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजीओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन,” उनले प्रतिवेदनमा लेखेका छन् ।

पार्टी सोही कारण तथटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको प्रतिवेदनमा उल्लेख छ । “राजनीतिक रणनीतिको कमी देखियो । सामान्यभन्दा सामान्य कुरामा कार्यविधि खोज्ने, नेता र कर्मचारीको फरक छुट्याउन नसक्नु, विचारभन्दा मत संख्या प्रधान हुनु आदि एनजीओको प्रारूपमा आएका रोग हुन्,” उनले लेखेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका