जोडिनुहोस
  • होमपेज
  • अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस

काठमाडौं- पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो। अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे।

इक्वेडरका लागि जोन येबोह र जोर्डी काइसिडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डाको प्रहार गोल हुन सकेन । खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६२औं मिनेटमा इक्वेडरले पाएको पेनाल्टी गुमाउँदा खेलमा अर्जेन्टिनाको अग्रता कायमै रहयो । इक्वेडरका लागि इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् ।

रोचक खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा इक्वेडरका लागि केभिन रोड्रिग्जले गोल गर्दै खेल बराबरीमा फर्काए । उनलाई जोन येबोहले पास दिएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो ।साबिक विजेता अर्जेन्टिनाले यसअघि क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका