जोडिनुहोस
  • होमपेज
  • प्रथम प्रादेशिक युवा खाद्य सम्मेलन सम्पन्न

प्रथम प्रादेशिक युवा खाद्य सम्मेलन सम्पन्न

काठमाडौं– लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा प्रादेशिक युवा खाद्य सम्मेलन सम्पन्न भएको छ । संयुक्त राष्ट्रिय संघिय खाद्य तथा कृषि संगठन, (एफ ए ओ नेपाल ) , नेपाल सरकारको संयुक्त आयोजना र राष्ट्रिय युवा परिषद नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशभरिका जिल्लाहरुबाट २०० युवाहरुको उपस्थिती रहेको थियो । लुम्बिनी प्रदेशका माननिय सांसद शान्ति लोदको प्रमुख आतिथ्यमा भएको भएको उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पदाधिकारी, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकिय अधिकृत दिनेश घिमिरे, प्रादेशिक कृषि तथा भूमि व्यवस्थापन मन्त्रलय,सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याललगायत विभिन्न क्षेत्रका उद्यमीहरुको उपस्थिती रहेको थियो ।

म पनि किसानको छोरी भएकीले स्थानीय सरकारमा आफूले युवाहरुको कुरा राखेको, महिला तथा बालबालिकाहरुको आवश्यक पहल गरिरहेको छु” –लुम्बिनी प्रदेशका माननिय सांसद शान्ति लोद भन्नु हुन्छ। संयुक्त राष्ट्रिय संघिय खाद्य तथा कृषि संगठन ले हरेक वर्ष इटालीमा विश्व खाद्य सम्मेलन गर्ने गर्दछ, जहाँ विश्वभरिका युवाहरुले आफ्नो उद्यमका कथा, नविनतम सोच , बिज्ञान र प्रविधिको मार्फत बाट खाद्य प्रणालीमा के ल्याउन सक्छ, त्यसको माध्यमबाट अर्थतन्त्रलाई कसरी सुध्रिड बनाउन सकिन्छ भन्ने बारे छलफल गर्छन। एफ अ ओ नेपाल ले सोहि कार्यक्रमको स्थानीयकरण गर्दै नेपालमा प्रादेशिक संस्करण र राष्ट्रिय सँस्करण गर्ने र विशेषगरी कृषि खाद्य क्षेत्रलाई परिमार्जन गर्नका लागि उद्यममा जोड्नका लागि, लगानीको वातावरण बनाउनका लागि यस्तो सम्मेलनमा युवाहरुको आवाजलाई नीतिगत रुपमा पु¥याउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो । विशेषगरी कृषि क्षेत्रका विज्ञ, उद्यमीहरुलाई भोलीको नीति र भविष्य कस्तो हुनुपर्छ भनेर उनीहरुलाई विभिन्न गतिविधीमा सहभागी गराइएको छ । युवाहरुले उठाएको कुरालाई एफएओ नेपाल र नेपाल सरकारले त्यसलाई नीतिमा हाल्न सहयोग पुग्ने । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका २०० युवाहरुको सहभागिता रहेको थियो जसमा सारीरिक अपाङ्गता भएका व्यक्ति, महिला र सिमान्तकृत वर्गका युवाहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा युवा तथा महिला उद्धमीहरुको सफलताका कथा , वैज्ञानिकहरुको अनुशन्धानका अनुभव तथा खाद्य कृषि प्रणालीमा युवाहरुको अर्थपूर्ण सहभागिताका लागि संघिय , प्रादेशिक र स्थानिय सरकारको भावी रणनीतिहरु प्रस्तुत भएको थियो। एफ ए ओ नेपालका राष्ट्रिय युवा विज्ञ सबिन लामिछानेसंग गरिएको कुराकानीमा उँहाले जोड्नु भयो : विशेष गरी खाद्य कृषि प्रणालीको प्रबद्र्धनका लागि युवाको महत्वपूर्ण भूमिका र सुझावहरु संकलन गरेर त्यसलाई राष्ट्रिय नीति तथा कार्यक्रलाई सकारात्मक प्रभाव पार्ने उद्द्यस्य ले यो कार्यक्रम को आयोजना गरिएको हो । कार्यक्रममा युवाहरुले युवा कार्य तथा नीति, बिज्ञान तथा प्रविधि, शिक्षा, संस्कृति तथा उद्यमशीलतामा युवाका भूमिकाका लागि भावी रणनीति तयार पारेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका