
काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ ।
यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।