जोडिनुहोस
  • होमपेज
  • आसाममा बाढीका कारण थप ६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

आसाममा बाढीका कारण थप ६ जनाको मृत्यु

  • Sagarmatha TV
  • शुक्रबार, असार २१, २०८१
आसाममा बाढीका कारण थप ६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ ।

बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । राज्यका मुख्य नदीहरू खतराको स्तरभन्दा माथि बगिरहेका छन् । नलबारी जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले बिहीबार राति बाढीका कारण मृत्यु भएका छ जनामध्ये चार गोलाघाट जिल्लाका रहेको बताएको छ । डिब्रुगढ र चिरायदेव क्षेत्रमा एक–एक जनाको मृत्यु भएको छ । राहत एजेन्सीहरूले धेरै क्षेत्रमा राहत कार्य सुरु गरेका छन् । धेरै ठाउँमा खाद्यान्न वितरण भइरहेको छ र बाढीमा फसेका मानिसहरूलाई राहत शिविरमा लगिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका