जोडिनुहोस
  • होमपेज
  • झापा चितवनबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ

झापा चितवनबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं– झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका-२ चैनपुर स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय १४ ग्राम सहित राप्ती नगरपालिका-१३ बस्ने ३० वर्षीय विनय प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका