जोडिनुहोस
  • होमपेज
  • सीटीईभीटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सिपमूलक तालिम दिइने

सीटीईभीटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सिपमूलक तालिम दिइने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट पढेका विद्यार्थीलाई अब ऊर्जा मन्त्रालयका परियोजनामा तालिम दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच बिहीबार यस विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा सीटीईभीटीबाट पढेका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा कार्यस्थलमै अप्रेन्टिससिप’ गराउने उल्लेख छ । सम्झौता पत्रमा शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

‘कमाउँदै सिक्दै’ अवधारणाका साथ सम्झौता गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । हालको शिक्षाले श्रम बजारको माग अनुसारको सिप दिन सक्नुपर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको भनाइ छ । सम्झौता कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतापत्र कार्यान्वयन गर्न सके असल अभ्यासको विस्तार हुने बताए ।

विद्युत प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि इन्टर्न राखिरहेको र उनीहरूको काम र अनुभव प्रभावकारी रहेको उनले बताए । ऊर्जामन्त्री बस्नेतले सिप र श्रमलाई संस्कृति बनाउन नसकेकाले विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यवहारिक सिप सिकाउन सम्झौता गरिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका