जोडिनुहोस
  • होमपेज
  • एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव निकालियो

एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव निकालियो

मौरिसनिया । मौरिसनियाका कोस्टगार्डले एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव बाहिर निकालेका छन् । एक पाँच वर्षकी बालिकासहित नौजनाको भने उद्धार गरिएको छ । थुप्रै मानिस अझै हराइरहेका छन् ।

अफ्रिकाबाट युरोप जाने क्रममा परम्परागत माछा मार्ने डुंगामा चढेर गएका मानिस दुर्घटनामा परेका हुन् । गत साता मात्रै त्यस्तै डुंगामा चढेर सेनेगल बोर्डरबाट १७० मानिस मौरिसनियातर्फ लागेका थिए । मौरिसनियाको समुद्रीतट हुँदै उनीहरूले स्पेनसम्मको यात्रा तय गरेका हुन् ।

मौरिसनिया अफ्रिकाबाट युरोप जाने आप्रवासीको ट्रान्जिटको रुपमा रहँदै आएको छ । स्पेन सरकारका अनुसार गत वर्ष यसैगरी ४० हजार मानिस स्पेन पुगेका थिए । गएको पाँच महिनामा यसैगरी यात्रा गर्ने क्रममा पाँच हजार मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका