
लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले तारकेश्वर नगरपालिका वडा नम्बर ७ बस्ने ४४ वर्षीय राजाराम खत्रीलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट २०७९ असोज ६ गते उनलाई ५० लाख जरिवाना भराउने र एक वर्ष कैद सजायको फैसला सुनाएको थियो।
फैसला कार्यान्वयनको लागि प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।