जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको बजेट बढाउने मन्त्री शर्माको प्रतिबद्धता

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको बजेट बढाउने मन्त्री शर्माको प्रतिबद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि आगामी वर्षमा पर्याप्त बजेट विनियोजन गरिने बताएकी छन् ।

आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १० करोड मात्रै बजेट विनियोजन गरेकोमा सरकारको चौतर्फी आलोचना भइरहेका बेला मन्त्री शर्माले आगामी वर्षमा पर्याप्त बजेटको व्यवस्था गर्ने बताएकी हुन् । शुक्रबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र यौनिक तथा लैंगिक अल्पसंख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उनको भनाइ छ । भइरहेका नीति र कानुनहरू परिमार्जन गर्ने पनि गरिने उनको भनाइ छ । मन्त्री शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानुन परिमार्जन गर्ने बताइन् ।

धेरै टिप्पणी गरिएका