
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ ।
क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइनसकेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।