जोडिनुहोस
  • होमपेज
  • प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले अप्सरीलाई निलम्बन गर्ने निर्णय गरिएको क्यानको सचिव पारख खड्काले जानकारी दिए । उनकाअनुसार अप्सरीलाई निलम्बन गरी थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले मन्त्री बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।

धेरै टिप्पणी गरिएका