
काठमाडौं । काठमाडौँ उपत्यकाका सहित देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । वर्षा मापन केन्द्रहरुमा मध्यम तथा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
भक्तपुरको मनहरा र ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।
काठमाडौंका, बागमती, विष्णुमती, मनोहरालगायतका नदीमा पानीको सतह निकै बढेको छ । रातिदेखि नै पानी परिरहेकाले मानिसहरुको हिँडडुल पनि निकै कम छ ।
काठमाडौं बाहिरका सातै प्रदेशका ठूल नदीहरुको जलसतह उच्च भएको छ । खहरे खोलाहरु पनि उर्लिएर आएका छन् ।