जोडिनुहोस
  • होमपेज
  • विराटनगरमा एक युवकको हत्या, दुईजना घाइते

विराटनगरमा एक युवकको हत्या, दुईजना घाइते

विराटनगर । मोरङको विराटनगरस्थित नेपाल टेलिकमको कार्यालयनजिक एक युवकको हत्या गरिएको छ । सोमबार रातिको उक्त घटनामा दुईजना घाइते छन् ।

घटनामा मोरङको कटहरी गाउँपालिका–१, जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा तीनजना घाइते भएका थिए । तीनमध्ये कोसी अस्पतालमा उपचारका क्रममा कामतको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एवं एसपी नवराज कार्कीले जानकारी दिए ।

मृतकको छाती र कम्मरमा धारिलो हतियारले रोपेजस्तो चोट देखिएको प्रहरीले जनाएको छ । घटनामा कटहरीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूमाथि धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको एसपी कार्कीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका