जोडिनुहोस
  • होमपेज
  • मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

विराटनगर– मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो । भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझ धेरै पानीपर्ने सम्भावना रहेको जनाएको छ ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । वर्षाका कारण इटहरी सडक जलमग्न भएको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी–विराटनगर सडक खण्डको इटहरीस्थित रिलायन्स उद्योग अघिको सडक जलमग्न भएको हो ।

सडक जलमग्न भएपछि सवारी साधान संचालनमा सकस भएको छ । दुईपाङ्ग्रे सवारी साधान मोटर साइकल, स्कुटी लगायतका सवारी साधान चलाउन समस्य भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका