जोडिनुहोस
  • होमपेज
  • पूरै ३० दिन लिनुस्, तर सदनप्रति उत्तरदायी भइदिनुस् : रमेश लेखक

पूरै ३० दिन लिनुस्, तर सदनप्रति उत्तरदायी भइदिनुस् : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरू सदनप्रति उत्तरदायी नभएको बताएका हुन् ।अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन उनले आग्रह गरे । उनले कञ्चनपुरमा वर्षाका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । “हिजो पनि माननीयज्यूहरूले भन्नुभयो– सरकार विश्वासको मत लिने तयारी गरेको छ । संविधानानुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ,” उनले भने, “सरकारले पूरै ३० दिन लियोस्, २१ दिन थपे पनि भयो, केही समस्या भएन । तर, सरकार हुन्जेल सदनप्रति उत्तरदायी हुनुपर्छ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका