जोडिनुहोस
  • होमपेज
  • रुसी सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर फिर्ता पठाइने

रुसी सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर फिर्ता पठाइने

मस्को- रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्‍ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो ।

मोदीको प्रस्‍तावलाई राष्‍ट्रपति पुटिनले स्वीकार गरेका छन् । रूसका राष्‍ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए । जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए । यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए ।

प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ । यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे । आज प्रधानमन्त्री मोदी मस्कोमा राष्ट्रपति पुटिनसहित २२ औँ भारत-रूस वार्षिक शिखर बैठकमा भाग लिने छन् । लगभग ५ सालमा प्रधानमन्त्री मोदीको यो पहिलो रुस यात्रा हो । उनी पछिल्लो पटक सन् २०१९ मा मस्को पुगेका थिए ।

रूस-भारत वार्ता

प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ विषयमा अनऔपचारिक वार्ता भएको हो । भेटमा पुटिनले प्रधानमन्त्री मोदीलाई भने, ‘तपाईंले पूरा जीवन आफ्ना जनताको सेवामा समपर्पित गर्नु भयो । भारतीय जनताले यो महसुस गर्न सक्छन् ।’

मस्को बाहिर सरकारी आवासमा चियाका क्रममा दुवै राष्ट्राध्यक्षबीच अनौपचारिक बैठकका क्रममा मोदीले आफ्नो देशमा हालै भएको चुनावलाई पनि सम्झिए । उनले आफूलाई भारतीय जनताले मातृभूमिको सेवा गर्ने अवसर दिएको बताए ।

पछिल्लो समय रुसी सेनामा भर्ना भएका कयौँ भारतीय घाइते भएको र मारिएको खबर आएको थियो । भारतीयलई रुसी सेनामा भर्ना गरिएको समाचार आएपछि मोदी सरकारलाई विपक्षीले घेरेका थिए ।

हिले पनि कयौँ भारतीय रूस-युक्रेन युद्धको मोर्चामा तैनाथ छन् । यो युद्धमा दुईजना भारतीयको मृत्यु भएको औ‍पचारिक पुष्टि भएको छ । यही पृष्ठभूमिमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष रूसी सेनामा भारतीय भर्ना भएको विषय उठाएका हुन् । मोदीले यो विषय उठाएपछि रुसले सेनामा भर्ना भएका सबै भारतीयलाई बर्खास्त गर्ने भएको छ ।

दुई दिने रूस यात्रामा मस्को पुगेका मोदीले मोदीले सोमबार साँझ राष्ट्रपति पुटिनसँग भएको निजी रात्रिभोजमा यो मुद्दा उठाएका थिए । जसलाई लिएर रूसी राष्ट्रपति पुटिनले आफ्नो सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर उनीहरूको भारत फिर्तीमा सहयोग गर्ने कुरामा सहमति जनाएका छन् ।

राम्रो तलबको लोभ देखाएर एजेन्टहरूले कयौँ भारतीयलाई रुसी सेनामा भर्ना गरेका छन् । अहिले पनि दर्जनौँ भारतीय नागरिक रुसी सेनामा कार्यरत रहेको खुलेको छ । ती भारतीयलाई युक्रेन युद्धको मोर्चामा तैनाथ गरिएको छ ।

यस वर्षको सुरुवातमा एक भिडियो भाइरल भएको थियो, जसमा पञ्जाब र हरियाणाका केही युवा रुसी सेनाको बर्दीमा देखिएका थिए । भिडियोमा यी भारतीयले उनीहरूलाई झुक्क्याएर युद्धका लागि युक्रेन पठाइएको बताएका थिए । यी भारतीयले स्वदेश फिर्ताको पहलका लागि सरकारसँग गुहार मागेका थिए

भिडियो बाहिरिएपछि भारत सरकारले रूससमक्ष यो मुद्दा उठाएको थियो । सरकारले धोका र झुटो आश्वासन दिएर भारतीयलाई विदेश पठाउने एजेन्टविरुद्ध कारबाही चलाएको थियो । भारतीय जाँच एजेन्सीले यस्ता एजेन्टविरुद्ध कारबाही चलाएर भारतीय नागरिकको तस्करी गर्ने गिरोहविरुद्ध भण्डाफोर गरेको थियो । उक्त जाँचमा एजेन्टहरूले कम्तीमा पनि ३५ भारतीयलाई रुसी सेनामा सहभागी गराउन पठाएका पाइएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका