जोडिनुहोस
  • होमपेज
  • मुकुललाई पुनरावेदनका लागि रास्वपाले दियो ३५ दिनको समय

मुकुललाई पुनरावेदनका लागि रास्वपाले दियो ३५ दिनको समय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीले डा मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ । मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट मुक्त गराएको हो ।

पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट पदमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा ढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका