
काठमाडौं । नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा संक्रामक रोग फैलिनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो ।
“पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ । संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ । महामारी फैलिन नदिन र राहत उपलब्ध गराउन संघको सबैमा अपिल छ ।