
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बेचेन झा पक्राउ गरेपछि गठबन्धन बदलिएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ४ महिनाअघि एमाले अध्यक्ष केपी ओलीले गरेको पटक पटकको आग्रहलाई प्रचण्डले स्वीकार गरेर समीकरण बदलिएको बताए ।
तर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाँदा बेचन झा र प्रतीक थापाको गिरफ्तारी भएसँगै गठबन्धन टुटेकाले ओलीले जवाफ दिनैपर्ने उनको भनाइ छ । बचैन झा पक्राउ परेपछि उनीसँग बयान लिन समेत रोकिएको सांसद् दाहालले दाबी गरे । उनले भने, ‘बचन झा को हुन् हामीलाई थाहा छैन ? नेपाली जनतालाई थाहा छ । बेचैन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ । बेचैन झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ ।’