जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव

मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव

मधेश प्रदेशको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन बहुमत सांसदले मधेस प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशमा रहेको माओवादी केन्द्रका ९ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । प्रस्ताव दर्ता गराउनेमा माओवादी संसदीय दलका प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी रहेका छन् । उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलका उपनेता युवराज भट्टराईलाई बुझाएका हुन ।

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको बताइएको छ । उपनेता भट्टराईले १५ दिनभित्र बैठक बोलाउन निर्देशन समेत दिइसकेका छन् । असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका