जोडिनुहोस
  • होमपेज
  • दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै

दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्सेमा १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर कारोबार हुँदा नेप्से १५.७९ अंकले बढेको हो ।

मंगलबार नेप्सेमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबारमा १६८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ६८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै १० वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज भएको शेयर कारोबारमा धेरै कमाउने मध्येका टप टेन कम्पनी नै लघुवित्त रहेका छन् ।

त्यस्तै आजको कारोबारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल, नबिल ब्यालेन्स फन्ड–२ र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका