जोडिनुहोस
  • होमपेज
  • काभा यू–२० महिला भलिबल च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलंका

काभा यू–२० महिला भलिबल च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलंका

काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ । मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले श्रीलंकालाई पहिलो प्रतिद्वन्द्वीको रूपमा पाएको हो । यी दुई टिमबीचको खेल माल्दिभ्सको मालेसिटीस्थित सोसल सेन्टरमा जुलाई १८ मा हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले जुलाई १९ मा कीर्गिस्तानविरुद्ध खेल्नेछ । यस्तै, लिग चरणको तेस्रो खेलमा नेपालले जुलाई २० मा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कुल चार टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविन पद्धतिमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसँगै माल्दिभ्स, श्रीलंका र कीर्गिस्तानको सहभागिता छ । प्रतियोगिताका चारवटै टिम अंकका आधारमा शीर्ष, दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा लिग चरणको शीर्ष स्थानको टिमले पुछारको टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, दोस्रो र तेस्रो टिमले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल जुलाई २३ मा हुनेछ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका