जोडिनुहोस
  • होमपेज
  • इजरायलमा हमासको कब्जामा पुग्न नदिन आफ्नै नागरिक र सैनिक मार्न पाउने कानुन पारित

इजरायलमा हमासको कब्जामा पुग्न नदिन आफ्नै नागरिक र सैनिक मार्न पाउने कानुन पारित

काठमाडौं। इजरायलमा एक विवादास्पद कानुन पारित भएको छ । इजरायली मिडिया हारेत्जलाई उद्धृत गर्दै आरटीले उल्लेख गरे अनुसार हमासको कब्जामा पुग्न लागेका नागरिक तथा सैनिकहरूलाई इजरायलले मार्न पाउने कानुन पारित भएको छ । हारेत्जले विभिन्न दस्ताबेजहरू हात पारेर यो समाचार लेखेको उल्लेख गरेको छ । हनिबर डिरेक्टिभ नामको यो कुरा यस अगाडि पनि इजरायले लागु गरिरहेको बताइन्छ ।

केहि समय अगाडि आएको अलजजिराको एक डकुमेन्ट्रीले गत अक्टोबर ७ को हमासको हमलामा मृत्यु भएका कतिपय इजरायलीहरू यसै कारण मृत्यु भएको उल्लेख गरेको थियो । अक्टोबर ७ को हमास हमलामा ११ सय इजरायलीको हत्या भएको थियो । त्यसमा कति जना इजरायल आफैँले हनिबर डिरेक्टिभ माध्यमबाट हत्या गरेको भन्ने नखुलेको आरटीले उल्लेख गरेको छ ।

सन १९८६ मा हेजबुल्लाले तीन इजरायली सैनिकलाई अपहरण गरेपछि हनिबल डिरेक्टिभ सुरु भएको इजरायली मिडिया हारेत्जले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका