जोडिनुहोस
  • होमपेज
  • डुबानमा फसेका एकै परिवारका चार जनाको उद्धार

डुबानमा फसेका एकै परिवारका चार जनाको उद्धार

कास्कीमा डुबानमा फसेका एकै परिवारका चार जनाको उद्धार भएको छ।

पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तले घर डुबानमा परेको थियो। उक्त घरमा फसेका एकै परिवारका ४ जनाको बुधबार बिहान उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीको उद्धार भएको हो। तालको पानीको सतह बढेपछि उनीहरू घरभित्र प्रवेश गरेका थिए। तर घरसमेत डुबानमा परेपछि सशस्त्र प्रहरी बललाई बोलाइएको थियो।

सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका