
काठमाडौंको बुढानिलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान अन्दाजी सवा ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित सडक किनार रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङ छन्।तोडफोड गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी खटिएको थियो। उनीहरूबाट एउटा रड पनि बरामद भएको छ।