जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’

दुर्घटनामा परेका ती यात्रुको शव घटनास्थलबाट निकालेर नजिकैको अस्पतालमा लगिएको छ । शवको पोस्टमार्टमपछि मृतक सबैलाई आफन्तको जिम्मा लगाइने छ । पाकिस्तानमा पुराना गाडी, सडकको मर्मतसम्भारको कमी, सडक सुरक्षा नियमको उल्लङ्घन र लापरबाहीपूर्वक गाडी चलाउँदा सडक दुर्घटना हुँदा वर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका