
काठमाडौं । औषधि व्यवस्था विभागले काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट बिक्रीमा रोक लगाएको छ । कम्पनीको फोलिकेयर ट्याब्लेट नामक औषधिको ब्याच नम्बर ‘टीईएस ०३२’ बिक्रीमा रोक लगाइएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा उक्त ब्याच न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।विभागले खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।
उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन दिइएको छ ।