जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • आइडियल यमुना सहकारीका उपाध्यक्षसहित ११ जना फरार

आइडियल यमुना सहकारीका उपाध्यक्षसहित ११ जना फरार

काठमाडौँ । काठमाडौँको सुकेधारास्थित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्षसहित ११ जना फरार भएका छन् । काठमाडौँ घर भएका सहकारीका उपाध्यक्ष मनोजकुमार थापा मगर सहितका सञ्चालक समिति सदस्य तथा लेखा समितिका सदस्यहरू फरार भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । पक्राउ पुर्जी आएपछि फरार हुनेमा सहकारीका सचिव कुयाङ छुयाङ दोर्जे लामा, कोषाध्यक्ष प्रजुलकुमार गुरुङ, सदस्य प्रकाशमान शाही खड्गी, भोजपुर घर भएका सदस्य श्रवणकुमार राई, काठमाडौँका हस्त रावत र सहकारीका सदस्य गोपीनाथ घिमिरे छन् ।

लेखा सुपरिवेक्षक समितिको संयोजक कुमारसिंह घिसिङ, नुवाकोट घर भएका लेखा समिति सदस्य बद्री महत, रामप्रसाद श्रेष्ठ र महितकुमार तामाङ पनि फरार भएका छन् । सो सहकारीका अध्यक्ष केबी उप्रेती अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनी १९ असारमा बालाजुबाट पक्राउ परेका थिए । उनीहरुविरुद्ध पाँच वटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ ।

२०७९ फागुन २७ को निर्णयअनुसार पाँच वटा सहकारी एकीकरण भयो । ललितपुरको कुपण्डोलमा सञ्चालित हाम्रो सगरमाथा, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय मिलेर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको थियो । मर्जर भएपछिको सहकारीको नेतृत्व उप्रेतीले लिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका