जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

राष्ट्रियसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभाका अध्यक्षले पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक विधेयक, २०८१ माथि सदनमा दफावार छलफल पश्चात पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, अर्थमन्त्रीले राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महसुल विधेयक, २०८१ माथि दफावार छलफल पछि पारित गरी प्रतिनिधिसभामा पठाउन प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री तामाङले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका