जोडिनुहोस
  • होमपेज
  • जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति गठन

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति गठन गरिएको छ ।

गएको जेठ २८, २९ र ३० गते जनकपुरमा भएको महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादवलाई मात्र चयन गरिएको थियो । उनलाई केन्द्रीय समिति/पदाधिकारी/कार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी सदस्य मनोनय गर्ने अधिकार प्रत्यायोजन गरिएको थियो ।

सोही अधिकार र पार्टी विधान, २०८० को धारा ८७ (१) अनुसार केन्द्रीय समिति गठन गरिएको जसपा नेपालले जनाएको छ । केन्द्रीय समितिमा २१५ सदस्यको नामावली समावेश छ । पदाधिकारी छनोट भने बाँकी नै छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका